भूवनले बनाउने भए ‘क्याप्टेन’, अनमोल अब फूटबल खेलाडी

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०६:२८

‘होस्टल, जेरी, ड्रिम्स, गाजलु’मा आफ्नो अभिनय भन्दा पनि चकलेटी अनुहारका कारणस्टार बनेका नायक अनमोल केसीले अब भने आफूलाई परिवर्तन गर्न थालेका छन् ।

४ वटा चलचित्र सुपरहिट भएपछि सुपरस्टार बनेका नायक केसीलाई पाँचौ चलचित्रमा भने दर्शकले निकै भिन्न भूमिकामा देख्नेछन् । अनमोललाई माघ २६ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘कृ’मा दर्शकले चकलेटी र आक्रामक अवतारमा देख्नेछन् । अनमोल केसीले पनि यस्तो अभिनय गर्छन् र ? यस्तो शरीर बनाउन सक्छन् र ? भन्ने प्रश्न ‘कृ’को ट्रेलर रिलिज भएपछि दर्शकको मनमा उब्जने पक्का छ ।

उनै, अनमोल केसी अब छैठौ प्रोजेक्टमा भने फूटबल टिमको क्याप्टेन बन्ने भएका छन् । अनमोलका पिता नायक भूवन केसीले बनाउन लागेको चलचित्र ‘क्याप्टेन’मा उनी फूटबल खेलाडी बन्न लागेका हुन् । द सुपर काजोल फिल्मस्को ब्यानरमा यो चलचित्र बन्नेछ ।

अनमोललाई चलचित्रमा पूर्वको एक सानो गाउँबाट फूटबल सुरु गरेर राष्ट्रिय स्तरको खेलाडी बनेको देखाइनेछ । यो चलचित्रलाई ‘ऐश्वर्य’ निर्देशक दिवाकर भट्टराइले निर्देशन गर्दैछन् । चलचित्रको छायांकन फागूणबाट सुरु हुनेछ । अनमोल चलचित्रको पूर्व तयारीका लागि पूर्व जाने तयारीमा पनि छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*