वटानिया एयरवेजद्वारा काठमाडौं – कुवेत सिधा उडान

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०७:१२

कुवेतको निजी स्वामित्वमा रहेको वटानिया एयरवेज्ले बुधबारबाट त्रिभूवन अन्तरराष्ट्रिय विमान स्थलमा आफ्नो सेवा सञ्चालनमा ल्याएको छ । सेवा सञ्चालन सँगै वटानिया कुवेतदेखि नेपालसम्म सिधा उडान सञ्चालन गर्ने पहिलो कम्पनी बनेको छ ।
यो सेवाको पहिलो उद्देश्य कुवेती जनतालाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्नु र दोस्रो उद्देश्य नेपालबाट कुवेतमा कामका लागि जाने नागरिकलाई समस्या रहित सुलभ सेवा मितब्ययी मुल्यमा उपलब्ध गराउने रहेको छ । एयरलाइनले आफ्नो सेवाको सुरुवाती कुवेत सम्मको दैनिक उडानका लागि मूल्य रु. २३ हजार निर्धारण गरेको छ ।

‘नयाँ उडान सेवाको आगमनले नेपालको पर्यटन क्षेत्र तथा नेपालीलाई उल्लेख्य सहयोग प्राप्त हुनेछ’, वटानिया एयरवेज, काठमाडौंका लागि स्टेशन म्यानेजर रुपेश झाले भन्नुभयो ‘यसले नेपालीलाई कुवेतमा कामको थप अवसर समेत प्राप्त हुने हामीलाई विश्वास छ ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*