देवनारायाण चौधरीले यसरी खुलाए चुनाव हार्नुको कारण
ऐ वान डेस्क

बारा क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका देवनारायण चौधरीले आम मतदाताले सम्मानजनक मत दिएको बताउनुभएको छ ।
ऐ वान समाचारसंग कुरागर्दे चौधरीले भने ‘संबिधान जारी भएपछि पहिलो पटक प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको हो, लोकतान्त्रिक बिधि अनुरुप भएको यो निर्वाचनमा पराजित भएपनि मैले सम्मानजनक मत पाए, म त्यसमै खुशि छु’ ।
निर्वाचनमा हार जित स्वभाविक भएको भन्दै चौधरीले आगामी दिनमा पार्टी सुद्धिकरण गर्दे अघि बढ्ने उहाले बताउनुभयो । ‘चुनाव हार्नुमा धेरै कारण छ, म एउटै यो कारण हो भन्दिन्, कहि कतै मतदाताहरु झुक्किएर पनि भएको छ त कतै अन्य बिषय छ’ चौधरीले भन्नुभयो ।