जीतपुरको तरकारी बजार सर्यो

ऐ वान डेस्क/
जीतपुरसिमरा उप–महानगरपालिकाको केन्द्रमा रहेको जीतपुरको तरकारी बजार केही समयका लागी सारिएको छ । पुरानै तरकारी बजार रहेको स्थानमा नया एवं व्यवस्थित तरकारी बजार बनाउन लागीएको छ ।
नया एवं व्यवस्थित तरकारी बजार बनाउन लागिएकाले केही समयका लागी तरकारी बजार सारिएको वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ताले ऐ वान समाचारलाई जानकारी दिनुभयो । पुरानो तरकारी बजारको छेउमै नया तरकारी बजार बसाईएको गुप्ताले जानकारी दिनुभयो ।