राप्रपाको केन्द्रीय परिषद् बैठक वीरगञ्जमा

ए वान डेस्क
७ पुष २०७४, शुक्रबार ०९:५२

राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सम्पन्न निर्वाचनको समीक्षा गर्न आगामी माघको दोस्रो सताभित्र केन्द्रीय परिषद् बैठक वीरगञ्जमा गर्ने भएको छ। पार्टीको वैचारिक दृष्टिकोणमा जनताको चाहनाअनुसार परिमार्जित तथा सांगठनिक अवस्था सुदृढीकरण गर्न उक्त बैठकमा छलफल गरिने प्रवक्ता भुवन पाठकले जानकारी दिए। विधान संशोधनबाहेक सबै निर्णय गर्न सक्ने उक्त बैठकलाई महाधिवेशनपछिको ठूलो सभाका रुपमा लिइएको छ।

पार्टीका सबै केन्द्रीय कार्यसमिति सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, नगर अध्यक्ष गरी करिब ५०० जनाको सहभागिता रहने सो बैठकले पार्टीले अवलम्बन गर्नुपर्ने भावी रणनीतिका साथै नयाँ कार्यनीति पारित गर्ने छ। पार्टीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सिट मात्र जितेको छ भने समानुपतिकमा तीन प्रतिशत मत प्राप्त गर्न सकेन।

प्रदेशसभा सदस्यमा प्रत्यक्षमा एक सिट पनि जितेको छैन। त्यहाँ समानुपातिकमा आवश्यक न्यूनतम मत प्राप्त गरेको भएपनि के कति सिट प्राप्त गर्ने निश्चित भएको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*