सरकारले बारामा पनि बाड्यो ४ लाख

ऐ वान डेस्क /
कामचलाउ सरकारले बारामा पनि ४ लाख बाडेको छ । १० करोडभन्दा बढी रकम बाँड्ने निर्णय गरेको सरकारले बारामा पनि ४ लाख बाडेको हो । गृह मन्त्रालयका अनुसार सुरुमा मन्त्रालयले आर्थिक सहायताको प्रस्ताव गर्दा देशैभरबाट दुई सय जनाको सूची पठाएको थियो ।
गृहले पठाएको सूचीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीन सय २८ जनाको नाम थपेको हो । मन्त्रिपरिषद्ले संख्या नतोकी आर्थिक सहायता दिने प्रस्ताव पारित गरेको थियो । प्रधानमन्त्री कार्यालय र गृह मन्त्रालयका अधिकारीको मिलेमतोमा ५ सय २८ जनाको नाम तोकिएको स्रोतले जनाएको छ ।
सरकारले बाराकी सावित्रा कार्कीलाई ४ लाख बाड्ने निर्णय गरेको हो ।
बढी रकम पाउनेहरू
सावित्रा कार्की, बारा ४ लाख
अशोक बराल, सुनसरी ५ लाख
अलाउद्दिन हुसेन, सुनसरी ५ लाख
जोगराज राना, धनगढी ५ लाख
रामलक्ष्मण राना, धनगढी ५ लाख
अक्षयकुमार राना, कञ्चनपुर ४ लाख
आशीषकुमार चौधरी, कैलाली ४ लाख
अलिसा गुरुङ ४ लाख
कल्पना कार्की, ओखलढुंगा ४ लाख
दिनेश शर्मा, कञ्चनपुर ४ लाख
दिनेश श्रेष्ठ, ललितपुर ४ लाख
दिनेशसिंह भण्डारी, बैतडी ४ लाख
सञ्जु बखती, नुवाकोट ४ लाख
सन्तोष घिमिरे, अर्घाखाँची ४ लाख