काठमाडौँ–१ मा समानुपातिकतर्फ कांग्रेस अगाडि

ए वान डेस्क
२६ मंसिर २०७४, मंगलवार ०४:४३

काठमाडाँै, २५ मंसिर (रासस) : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा समानुपातिकतर्फको अन्तिम परिणामअनुसार नेपाली कांग्रेसले नौ हजार १२१ मत पाएको छ ।

सो क्षेत्रमा नेकपा (एमाले) भन्दा विवेकशील साझा पार्टीले बढी मत पाएको छ । काठमाडौका मुख्य निर्वाचन अधिकृत नरेशराज पोखरेलका अनुसार विवेकशील साझाले छ हजार ९११ र एमालेले छ हजार ५०८ मत पाएका छन् ।

यसैगरी नेकपा (माओवादी केन्द्र)ले एक हजार ६८० मत प्राप्त गरेको छ । कुल २८ हजार २४६ मतमा ८५९ मत बदर भएको थियो । अहिले निर्वाचन क्षेत्र ५ बाहेक सबै क्षेत्रको समानुपातिकतर्फको मतगणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृत पोखरेलले बुधबारसम्म काठमाडौँका सवै निर्वाचन क्षेत्रको समानुपातिकतर्फको मतपरिणाम आउने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*