बाराबाट को–को परे समानुपातिकमा ? (सुचिसहित)

ऐ वान डेस्क /
बाराबाट ३ जना समानुपातिकमा परेका छन् । काग्रेस, एमाले र माओवादी केन्द्रका एक-एक जना समानुपातिकमा परेका हुन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेशसभामा तीन सिटमा चित्त बुझाएको थियो । एमालेले दुई स्थानमा विजयी हुँदा माओवादीले एक सिट जितेको थियो ।
प्रदेशसभाको समानुपातिकमा यी दुई दलले समान एक-एक सिट पाउने भएका छन् । निर्वाचन आयोगमा एमाले र माओवादीबाट एक÷एक जना सिफारिसमा परेका हुन् भने काग्रेसबाट पनि एक जना परेका छन्.।
नेपाली काग्रेसबाट सालमा खातुनको नाम सिफारिस गरिएको छ । यस्तै एमालेबाट सिता गुरुङ र माओवादी केन्द्रबाट महमद समिरको नाम सिफारिस गरिएको छ ।
एमालेकी गुरुङ ०६४ र ०७० सालमा सम्पन्न दुई वटा संविधानसभा निर्वाचनमा पनि नेकपा एमालेले उनलाई समानुपातिक सूचीमा समावेश गरेको थियो । तर, उनले दुवै पटक सभासद् बन्ने अवसर भने प्राप्त गरिनन् ।
समिर, नेकपा माओवादी केन्द्र ०५६ सालदेखि माओवादीको राजनीति सुरु गरेका महम्मद समिर बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा हुन् । जनयुद्धकालमै माओवादी राजनीतिमा होमिएका समिर हाल पार्टीको केन्द्रीय सदस्यका रुपमा सक्रिय छन्।