एमालेले बनायो राष्ट्रिय सभा उम्मेदवार बन्ने ६ बुँदे मापदण्ड

एमालेले राष्ट्रिय सभा उम्मेदवारका लागि ६ बुँदे मापदण्ड बनाएको छ । कार्यबहाक अध्यक्ष वामदेव गौतमको अध्यक्षतामा पार्टी कार्यायल धुम्वाराहीमा बसेको बैठकले आगामी ५ माघभित्र उम्मेदवार सिफारिस गर्न प्रदेश कमिटिलाई निर्देशन समेत दिएको छ ।
एमालेले विषयविज्ञ सामाजिक, सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका, भौगोलिक जातिय तथा लैङ्गिक सन्तुलन लगायतलाई आधार मानेर उम्मेदवार चयन गर्ने मापदण्ड बनाएको छ ।