​राष्ट्रियसभा चुनाव : एमाले–माओवादीले ४३ उम्मेदवार उठाउने

ए वान डेस्क
३ माघ २०७४, बुधबार १७:०४

नेकपा एमाले र नेकपा माओवादीले राष्ट्रियसभामा ४३ जना उम्मेदवार उठाउने भएका छन् ।

बुधबार बसेको दुई दलको संयुक्त कार्यदलको बैठकमा एमालेबाट २९ जना र नेकपा माओवादीबाट १४ जना उम्मेद्वार उठाउने सहमति भएको छ । राष्ट्रियसभामा ५६ सदस्यका लागि चुनाव हुन लागेको भए पनि एकल संक्रमणीय पद्दतिमा चुनाव हुँदा आफूहरुले ४३ सिट जित्ने भएकाले जित्ने जति मात्र उम्मेदवार उठाउन लागेको कार्यदलका सदस्य तथा एमाले नेता सुवास नेम्बाङले जानकारी दिनुभयो ।

यसलाई एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल रहेको पार्टी समन्वय समितिमा पेश गरिने छ । महिला, आदिवासी जनजाति, मधेसी, पिछडिएको क्षेत्र सबैको प्रतिनिधित्व हुने गरेर हरेक प्रदेशबाट ८ जनाका दरले राष्ट्रियसभा सदस्य चुनिने छन् ।

राष्ट्रियसभा चुनाव माघ २४ गते हुने छ । नगरपालिकाका मेयर, उपमेयर तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गर्ने मतदानबाट राष्ट्रियसभा सदस्य चुनिने छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*