फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

ए वान डेस्क
३ माघ २०७४, बुधबार २०:०४

नेपाल आयल निगमले फेरि पनि पेट्रोलियम पदार्थको भाउ बढाएको छ ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजल तथा मट्टितेलमा २/२ रुपैयाँ भाउ बढाएको छ । नयाँ मुल्यअनुसार एक लिटर पेट्रोलको मूल्य १ सय ३ रुपैयाँ पुगेका छ भने डिजल र मट्टितेलको भाउ ८१ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत नै रहेको छ ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार भाउ समायोजन गरिएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेपछि नेपाल आयाल निगमको घाटा बढ्दै गएको छ । निगमले पछिल्लोपटक पुस १७ गते भाउ बढाएको थियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*