प्रदेशसभा समानुपातिक सांसदको नाम सार्वजनिक

ए वान डेस्क
३ माघ २०७४, बुधबार २०:२१

निर्वाचन आयोगले समानुपातिकतर्फको प्रदेशसभा सदस्यको नाम सार्वजनिक गरेको छ।

मंसिर १० र २१ गते सम्पन्न निर्वाचनअन्तर्गत समानुपातिकतर्फ दलहरुले समावेशी सिद्धान्तअनुसार बुझाएको बन्द सूचीमा रहेका उम्मेदवारलाई आयोगले बुधबार निर्वाचित भएको घोषणा गर्दै नाम सार्वजनिक गरेको हो।

प्रमुख निर्वाचन आयुक्त डा. आयोधीप्रसाद यादवको अध्यक्षतामा बुधबार बसेको बैठकले सातवटै प्रदेशबाट समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित २२० उम्मेदवारको नाम टुंगो लगाई सार्वजनिक गरिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

आयोगले निर्वाचित उम्मेदवारको नामावली सम्बन्धित प्रदेश प्रमुखसमक्ष पठाउने, प्रमाणपत्र प्रदान गर्ने, नेपाल राजपत्रमा अतिरिक्ताङ्क गरी प्रकाशन गर्ने निर्णय समेत गरेको छ।

प्रवक्ता ढकालका अनुसार निर्वाचित प्रदेशसभा सदस्यहरुलाई माघ ५ गते आयोगमै प्रमाणपत्र प्रदान गरिनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*