एमाले बाराद्धारा चार जना निलम्बन, (नामावलीसहित)

ए वान डेस्क
४ माघ २०७४, बिहीबार १३:१७

ए वान डेस्क /

नेकपा एमाले जितपुरसिमरा उपमहानगरपालिका संगठन कमिटीले खानेपानी तथा सरसफाई उपभोक्ता समितिको निर्वाचनमा पार्टीको निर्णय बिपरित उम्मेदवारी दिने चार जनालाई कारर्वाही गरेको छ । संगठन कमिटीका संयोजक कृष्ण खनालले एक बिज्ञप्ति प्रकाशित गरी समितीको नयां कार्यसमिति चयन गर्नका लागि माघ ६ गते हुन लागेको निर्वाचनमा पार्टीको निर्णय बिपरित उम्मेदवारी दिने चार जनालाई कारर्वाही गरिएको बताउनुभयो ।

कारर्वाही स्वरुप एमालेले सदस्यहरु काशिम हुसेन, कृष्ण प्रसाद रिमाल, शसि कुमार गौतम र रमेस पौडेललाई पार्टीबाट निलम्बन गरेको बिज्ञप्तिमा जनाईएको छ । पार्टीको बिधान २०४९ को संसोधित २०७१ को धारा ४९ क को १,२,३,४,५ बमोजिम पार्टी निर्णय बिरुद्ध क्रियाकलाप गरेको हुदा पार्टी बिधानको सोहि धारा ४९ को उपधारा ख बमोजिम पार्र्टीबाट निलम्बन गरीएको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

एमालेसहित माओवादी केन्द्र र काग्रेसले खानेपानीको निर्वाचनमा प्रेम बराललाई समर्थन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*