सिमराका विशाल श्रेष्ठको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

विकाश पाण्डे /
जीतपुरसिमरा उप–महानगरपालिकाको सिमरा निवासी विशाल श्रेष्ठको नया म्युजिक भिडियो सार्वजनिक भएको छ । सारा संसार बोलको गीतमा मोडलको भुमिकामा रहेका श्रेष्ठको भिडियो सार्वजनिक भएको हो ।
बृजेश श्रेष्ठको सम्पादन तथा अन्जन लिम्बुको छायांकन रहेको गीतमा मोडल विशाल श्रेष्ठ र पुनम भण्डारीको साथमा बाल कलाकरहरु पनि छन् । गायक आशिक प्रजापतिलाई गायनमा जीवन लामाले साथ दिएका छन र बृजेश श्रेष्ठको विट रहेको छ ।
को हुन् विशाल ?
मोडलिङ क्षेत्रमा पछिल्लो समय उदायमान नाम हो विशाल श्रेष्ठ । सिमरा निवासी विशालको जन्म २०५४ सालमा भयो । सानै उमेरदेखि मोडल बन्ने सोच बनाएका उनले ३ बर्ष पोखरामा कक्षा लिए । पोखरा बस्दापनि उनी आफु नाच्थेपनि अनि अरुलाई नचाउथेपनि ।
त्यसबेला देखि नै विशाल म्युजिक भिडियोमा लाग्ने तरखरमा थिए । तर विविध कारणले उनी त्यसबेला म्युजिक भिडियोमा लाग्न पाएनन् । अहिले विशाल २ बर्षदेखि म्युजिक भिडियोमा लागेका छन् ।
८ वटा कभर र थुप्रै सट मुभि विशालले खेलिसकेका छन् । ऐ वान समाचारसंग कुरागर्दे विशालले भने सानैदेखि यो क्ष्ँेत्रमा लाग्ने मैले सोच बनाएको थिए, केही गर्न सक्छु भन्ने लागे, अहिले मैले ८ वटा कभर र थुप्रै सट मुभि खेलिसकेको छु । विशेष गरी दाई जिवन श्रेष्ठको साथ, सहयोग अनि हौसला पाएका विशाल अब भने व्यवसायीक भन्ने तरखरमा छन् ।
यस्तो छ भिडियो