बाराका प्रदेशसभा सासंदले पाए प्रमाणपत्र

ए वान डेस्क
५ माघ २०७४, शुक्रबार १६:२७

समानुपातिक निर्वाचन प्रणालीतर्फबाट प्रदेशसभा सदस्यमा निर्वाचित बाराका सदस्यहरुले आज प्रमाणपत्र पाएका छन् । विभिन्न दलबाट प्रदेशसभा सदस्य भएका पाच जनाले आज प्रमाणपत्र पाएका हुन् ।

उनीहरुलाई आज एक कार्यक्रमकाबिच प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रदेश सभामा समानुपातीक तर्फ नेपाली काँग्रेसकी शोभाकुमारी लामा सांसद बन्नुभएको छ । उहा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ सिमरा निवासी हुनुहुन्छ ।

यस्तै नेकपा एमालेबाट बाराकै जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जकी सिता गुरुङ सांसद बन्नुभएको छ । यस्तै नेकपा माओबादी केन्द्रबाट बाराको कलैया उपमहानगरपालिका ६ निवासी महम्मद समिर समानुपातीक तर्फ सांसद बन्नुभएको  छ ।

यसैगरि बारा करैयामाई गाउँपालिका वडा नम्बर ७ निवासी उषाकुमारी संघिय समाजबादी फोरमबाट समानुपातीक सांसद बन्नुभएको छ ।

अरु क–कसले पाए ?

प्रदेशसभा सदस्यको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा भएको थियो । समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्यमा ४८ पुरुष र १७२ महिला गरी २२० जना निर्वाचित भएका थिए । समानुपातिक निर्वाचन प्रणालीको निर्वाचिन अधिकृतमा निर्वाचन आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याल छन् ।

उक्त निर्वाचनबाट प्रदेशसभा सदस्यमा विभिन्न राजनीतिक दलका ६९ आदिवासी–जनजाति, ६६ खस–आर्य, १२ थारु, २९ दलित, ३७ मधेसी र सात मुसलमान उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा सदस्य निर्वाचनमा ४१ राजनीतिक दलले भाग लिएका थिए । त्यस्तै, यो निर्वाचन प्रणालीबाट राष्ट्रियसभा सदस्यमा अपांगता भएका चार, अल्पसंख्यक समुदायका १७ र पिछडिएका क्षेत्रका १२ जनाको प्रतिनिधित्व भएको निर्वाचन आयोगले जनाएको छ ।

५५० सदस्यीय प्रदेशसभा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० र समानुपातिक निर्वाचन प्रणालीबाट २२० जना निर्वाचित हुने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभा सदस्यमा सबैभन्दा कान्छी नेपाल मजदुर किसान पार्टीका सिर्जना सैंजू छिन् भने सबैभन्दा बढी उम्मेरका नेपाली कांग्रेसका बलदेश शर्मा पोखरेल ७८ वर्षका निर्वाचित भएका छन् ।

प्रदेशसभा सदस्यको व्यवस्था भएअनुसार नेपालको संविधान जारी भएपछि पहिलोपटक निर्वाचन भइ जनप्रतिनिधिको चयन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*