बाराबाट २ जनाको नाम राष्ट्रियसभामा सिफारिस, को–को परे ?

ए वान डेस्क /
माघ २४ गतेका लागि राष्ट्रियसभा निर्वाचनको मिति तोकिएको छ । माओवादी केन्द्रसँग गठबन्धन गरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लडेको एमालेले राष्ट्रियसभाका ५६ सिटमध्ये २९ सिट पाउने भएको छ । १४ सिटमा माओवादी केन्द्रले उम्मेदवारी दिने र बाँकीमा अन्य दलसँग मिलेर उम्मेदवार उठाइने वाम गठबन्धनबीच सहमित भएको थियो ।
यसै क्रममा २९ सिटका लागि एमालेले सम्बन्धित प्रदेश संगठन कमिटीबाट उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । एमालेलेको स्थायी समिति बैठकले एक सिटका लागि बढीमा तीन जनाको नाम सिफारिस गर्न जिल्ला तथा प्रदेश कमिटीलाई निर्देशन दिए पनि अधिकांश प्रदेशबाट तोकिएभन्दा बढी नाम सिफारिस भएका छन्।
बाराबाट को–को परे ?
राष्ट्रियसभाको उम्मेदवारका लागि बाराबाट २ जनाको नाम सिफारिस गरिएको छ । एमाले २ नम्बर प्रदेश कमिटिले पुर्व सासंद पुरुषोत्तम पौडेल र केन्द्रिय सदस्य दिनेश राईको नाम सिफारिस गरेको हो ।
पुरुषोत्तम पौडेल
खेलकुद महासंघका अध्यक्षसमेत रहनुभएका पौडेल एमालेका पुर्व केन्द्रिय सदस्य हुनुहुन्छ ।
दिनेश राई
यता, राई भने पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ ।
योसंगै एमालेले प्रदेश नम्बर २ बाट ९ जनाको नाम सिफारिस गरेको छ । रामचन्द्र यादव, धर्मनाथ साह, रत्नेश्वर गोइत, सुधीर साह, यदुवंश झा, सुमन प्याकुरेल, पुरषोत्तम पौडेल, दिनेश राई, कमला महतो, चिरञ्जिवी आचार्यको नाम सिफारिस गरिएको एमालेले जनाएको छ ।
सिफारिस आएका नाममध्येबाट विगतमा कुनै अवसर लिनबाट छुटेकाहरूलाई प्राथमिकता दिएर पार्टीले उम्मेदवार निर्णय गर्ने बुझिएको छ ।