प्रदेश २ का सांसदले लिए सपथ

ए वान डेस्क
७ माघ २०७४, आईतवार १२:४५

२ नम्बर प्रदेशका प्रदेश सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान जनकपुर उद्योग वाणिज्य संघको कार्यालयमा आयोजित सपथग्रहण समारोहमा सर्वप्रथम प्रदेश प्रमुख रत्नेश्वरलाला कायस्थले सांसद मध्येका जेष्ठ सदस्य लगनलाल चौधरीलाई सपथ खुवाएका थिए । त्यसपछि चौधरीले अन्य प्रदेश सांसदलाई सपथग्रहण गराएका हुन् ।

प्रदेश २ मा १०७ जना सांसदले सपथ लिएका छन् सपथग्रहणका क्रममा भाषाको विषयमा केहीबेर विवादसमेत भएको थियो । नेपाली भाषामा तयार गरिएको सपथ सांसदहरुले आ–आफ्नो मातृभाषामा सपथ लिएका थिए । पछि नेपाली भाषामा लेखिएको सपथमा हस्ताक्षर गर्न सांसदहरुले अस्वीकार गरेका थिए । त्यसपछि नेपाली भाषाको सपथलाई सबैले आ-आफ्नौ मातृभाषामा लेखेर हस्ताक्षर गरे

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*