राष्ट्रियसभा चुनावका लागि मतदाता नामावली प्रकाशन (सूचीसहित)

ए वान डेस्क
७ माघ २०७४, आईतवार १७:२७

प्रदेश सांसदहरुको शपथ ग्रहण लगत्तै निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य चुनावमा मतदाताको नामावली सार्वजनिक गरेकोक छ ।

प्रदेशसभा चुनाव माघ २४ गतेका लागि तोकिएको छ । संविधान अनुसार प्रदेशका सांसद र स्थानीय तहका प्रमुख र उपप्रमुखदले राष्ट्रियसभा सदस्यका लागि मतदान गर्न पाउने छन् ।

हरेक प्रदेशबाट ८–८ जनाका तरले ५६ जना र सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने ३ गरी राष्ट्रियसभामा ५९ जना सांसद रहने व्यवस्था छ ।

७ सय ५३ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १ हजार ५ सय ६ जना साथै प्रदेश सांसद ५ सय ५० गरी राष्ट्रियसभामा २ हजार ५६ जना मतदाता रहनेछन् ।

संखुवासभाको मकालु गाउँपालिकाका अध्यक्ष खड्ग कटुवालको दुर्घटनामा निधन भएका कारण १ जना २४ गतेको चुनावमा २ हजार ५५ जनाले मात्र मतदान गर्ने छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचन, २०७४ को लागि मतदाता नामावलीका लागि सम्बन्धित लिंकमा क्लिक गर्नुहोला ।

प्रदेश नं. १ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. १ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. २ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. २ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ३ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ३ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ४ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ४ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ५ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ५ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ६ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ६ को प्रदेश सभा सदस्यको नामावली

प्रदेश नं. ७ को गाउँपालिका/नगरपालिकाको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको नामावली

प्रदेश नं. ७ को प्रदेश सभा सदस्यको नामावली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*