यी हुन् एमालेले टुङ्ग्याएका राष्ट्रिय सभाका १३ उम्मेद्वार

ए वान डेस्क
९ माघ २०७४, मंगलवार ०९:१९

नेकपा एमालेले तीन प्रदेशको राष्ट्रिय सभाका उम्मेद्वारको टुङ्गो लगाएको छ। एमाले स्थायी सिमिति बैठकले सात मध्ये तीन प्रदेशका उम्मेद्वारको टुङ्गो गरेको हो।

राष्ट्रिय सभाको ५७ मध्ये ४३ सिटमा वाम गठबन्धनले उम्मेद्वारी दिने जनाएको छ। जसमध्ये एमालेको भागमा २९ सिट परेको छ। एमाले स्थायी समिति बैठकले प्रदेश ५, ६ र ७ को उम्मेद्वारको टुङ्गो गरेको हो। एमालेले अब १६ उम्मेद्वारको टुङ्गो गर्न बाँकी छ। जसमध्ये प्रदेश नंम्बर २ मा एमाले खुल्ला तर्फ एक सिटमा उम्मेद्वारी दिनेछ।

प्रदेश नं १, ३ र ४ मा एमालेलाई आकांक्षी व्यवस्थापन गर्न कठिन छ।

प्रदेश नं ७–
१. कमला ओली (महिला), कैलाली
२. इन्दु कडेरिया बिष्ट ( महिला), कञ्चनपुर
३. शेरबहादुर कुँवर (खुला), अछाम
४. चक्रप्रसाद स्नेही (दलित), डडेलधुरा

प्रदेश नं ६–
१. कविता बोगटी (महिला), हुम्ला
२. नन्दा शर्मा ( महिला), सुर्खेत
३. नरपति लोहार (दलित), कालिकोट
४. भैरवसुन्दर श्रेष्ठ (खुला), जाजरकोट
५. ठगेन्द्र पुरी (खुला) ,पश्चिम रुकुम

प्रदेश नं ५–
१. रामलखन हरिजन (दलित), पश्चिम नवलपरासी
२. खिमलाल भट्टराई (खुला), रुपन्देही
३. मीना बुढा (महिला), रोल्पा
४. कोमल वली (महिला), दाङ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*