राष्ट्रियसभा निर्वाचन : ५६ सिटका लागि ८३ जनाको उम्मेदवारी, कुन प्रदेशबाट कति ?

राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनका लागि ८३ जना उम्मेदवारबाट आज मनोनयनपत्र दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार महिला २६, दलित १४, अल्पसंख्यक-अपांग १५ र अन्य समूहका २८ जना उम्मेदवारले उक्त निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्।
उक्त निर्वाचनका लागि प्रदेश १ मा १२, प्रदेश २ मा नौ, प्रदेश ३ मा १७, प्रदेश ४ मा १२, प्रदेश ५ मा ११ प्रदेश ६ मा १२ र प्रदेश ७ मा १० जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जानकारी दिएको छ। राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रत्येक प्रदेशका उच्च अदालत भएका जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ भने तिनै जिल्लामा निर्वाचन केन्द्र स्थापना गरिएको छ।
राष्ट्रियसभा सदस्यको ५६ पदका लागि हुने उक्त निर्वाचनका लागि दुई हजार ५६ जना मतदाता रहेका छन्।