नगर प्रमख पौडेलद्धारा सडक ढलानको शिलन्यास

ए वान डेस्क
१२ माघ २०७४, शुक्रबार ०६:५७

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख डा. कृष्ण पौडेलले आर्थिक समृद्धिको मुख्य आधारको रुपमा रहेको सडकलाइ बिस्तार गर्ने अभियानमा सबैले सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

उपमहानगरको वडा नम्बर १७ मा प्रथम नगर सभाबाट पारित योजना सुरुवात गर्ने क्रममा सडक ढलानको शिलान्यास गर्दै नगर प्रमुख डा. पौडेलले सडक संजाललाइ उपमहानगरले मुख्य प्राथमिकतामा राखेकाले त्यसलाइ सफल बनाउन नगरबासिको भुमिका अहम हुने बताउनुभयो ।

उपमहानगरले कात्तिक ३० गते सम्पन्न नगर सभाबाट सडक संजाललाइ उच्च प्राथमिकतामा राखेको उहाको भनाइ थियो । नगर सभाको योजना अहिले कार्यान्यवनमा अघि बढिरहेको भन्दै नगर प्रमुख डा. पौडेलले समृद्धिको अभियानमा सकारात्मक भुमिका खेल्न सबैसंग आग्रह गर्नुभयो । बाटो फराकिलो र बिस्तार गर्ने क्रममा कसैबाट पनि अवरोधको स्थिती हुन नदिनका लागि नगरबासीनै गम्भीर हुनुपर्ने बताउनुभयो ।

नगर प्रमुख डा. पौडेलले जैतापुरको काटा टोल र चौधरी टोलमा दुई वटा सडक ढलानको शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा उपमहानगरका प्रमुख प्रशाशकिय अधिकृत रामकृष्ण उप्रेती, वडा नम्बर १७ का अध्यक्ष नवराज खड्का, १८ का अध्यक्ष अर्जुनप्रसाद दहाल, उपभोक्ता समितिका अध्यक्ष र स्थानीरको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*