राङ्गाभैसी व्यापारीलाई के भनेर फर्किए जीतपुरसिमराका मेयर ?

ए वान डेस्क
१२ माघ २०७४, शुक्रबार १८:१४

ए वान डेस्क /

जीतपुरसिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले आज राङ्गाभैसी बजारको अवलोकन गर्नुभएको छ । जीतपुरमा रहेको राङ्गाभैसी बजारको स्थलगत अवलोकन गर्दे पौडेलले बजार व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

राङ्गाभैसी व्यापारीसंग संक्षिप्त कुरागर्दे बजारलाई आधुनिक र व्यवसायिक रुपमा व्यस्थापन गर्ने बताउनुभयो । राङ्गाभैसी बजारको व्यवस्थापन गर्ने निति र कार्यक्रम रहेको भन्दै उहाले यसलाई व्यवस्थित गर्नेतर्फ बिशेष ध्यान दिन वडा अध्यक्षलाई निर्देशनसमेत दिनुभयो ।

लामो समयदेखि बजार व्यवस्थापन नहुदा राङ्गाभैसी व्यापारीहरुलाई समस्या भईरहेको छ । यसअघि हालको उप–महानगरपालिकाको कार्यालय परिषरमा राङ्गाभैसीको बजार रहेको थियो ।

बजार अवलोकन कार्यक्रममा उप–मेयर सरस्वती चौधरी, वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबु गुप्ता लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*