प्रदेश नम्बर २ : पहिलो बैठक आउँदो आइतबार बस्ने

१ र ६ नम्बर प्रदेश बाहेकका अरु प्रदेशमा प्रदेश संसदको पहिलो अधिवेशन टुंगो लागेको छ । प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक जनकपुरमा रहेको शैक्षिक तालिम केन्द्रको सभाकक्षमा आउँदो आइतबार बस्नेछ ।
यस्तै प्रदेश नम्बर ३ को संसदको पहिलो अधिवेशन आउँदो बिहीबार हेटौडाको मध्यमाञ्चल क्षेत्रीय निर्देशनालयको भवनमा र प्रदेश नम्बर ४ को पहिलो अधिवेशन साविक नगर विकास प्रशिक्षण केन्द्रको भवन नदीपुर पोखरामा आउँदो २२ गते सोमबार बस्ने तय भएको छ ।
यसैगरी ५ नम्बर प्रदेशको पहिलो अधिवेशन बुटवल उद्योग वाणिज्य संघको सभाहल बुटवलमा र ७ नम्बर प्रदेशको पहिलो अधिवेशन जिल्ला समन्वय समितिको सभाहलमा आउँदो आइतबार बस्ने तय भएको छ ।
प्रदेश नम्बर १ को पहिलो अधिवेशन कहिले बस्ने भन्ने भोलि मात्रै टुंगो लाग्नेछ भने प्रदेश नम्बर ६ को आज टुंगो लगाउने संभावना छ ।
सरकारले माघ ३ गते सातवटै प्रदेशका प्रमुख नियुक्त गरेको थियो । प्रदेश प्रमुख नियुक्त भएको २० दिनभित्र प्रदेशसभाको पहिलो बैठक बस्नुपर्ने भएपनि १ र ६ नम्बर प्रदेशमा यसको अझै टुंगो नलागेको हो ।
प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभापुखको निर्वाचन गरि सक्नुपर्छ । हप्ताभित्र प्रदेशसभाको पहिलो बैठक बसिसक्नुपर्ने भएपछि सबै प्रदेशमा बैठक स्थल मर्मत सम्भार तथा रंगरोगनको काम भैरहेको छ