यस्तो छ एमाले–माओवादीको भागबण्डा, कसले कति लिने भए ?

ए वान डेस्क
१४ माघ २०७४, आईतवार २०:१७

एमाले र माओवादीको कार्यदलले ६ वटा प्रदेशको मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागबण्डा मिलाएको छ। आइतबार बसेको कार्यदल बैठकले मुख्यमन्त्री, सभामुख र उपसभामुखमा भागबण्डा मिलाएको हो।

कार्यदलका संयोजक सुवास नेम्वाङका अनुसार प्रदेश १, ३, ४ र ५ को मुख्यमन्त्री एमालेले पाएको छ भने ६ र ७ को मुख्यमन्त्री माओवादीलाई दिइएको छ।

त्यसैगरी प्रदेश १, ३, ६ र ७ को सभामुख एमालेले पाएको छ भने ४ र ५ को समाभुख माओवादीको भागमा परेको छ। सँगै प्रदेश ४ र ५ को उपसभामुख एमालेले पाउने भएको छ भने १, ३, ६ र ७ को उपसभामुख माओवादीले पाएको छ।

प्रदेश मन्त्रिपरिषद् ११ सदस्य
एमाले र माओवादीबीच प्रदेश सरकारमा ११ जनासम्म मन्त्री बनाउने सहमति भएको छ। मन्त्रीको भागबण्डा भने ७० र ३० प्रतिशतमा हुने भएको छ।

एमालेले ७० प्रतिशत मन्त्री पाउने छ भने माओवादीकले ३० प्रतिशत मन्त्री पाउने छ। मन्त्रिपरिषद् गठनका सम्बन्धमा भएको छलफलमा सातदेखि ११ जनासम्म मात्र मन्त्री बनाउने सहमति भएको नेम्वाङले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*