रौतहटमा व्यवसायी माथि गोलि प्रहार

ए वान डेस्क
१५ माघ २०७४, सोमबार १२:४८

रौतहटको राजपुर नगरपालिकाको बैरियाटोल नजिकै सोमबार बिहान गोली लागेर एकजना घाइते भएका छन्। एउटै पेशा गर्दै आएका साथीले अर्को साथीलाई गोली हानेर घाइते बनाएको प्रहरीले बताएको छ।

राजपुर नगरपालिकाको भगवानपुरघाटमा बिहान करिब ९ बजे राजपुर नगरपालिका ९ का ३५ वर्षीय शेष सैफुल्लाहलाई गोली लागेको हो। सैफुल्लाहको कम्मरमुनिको दाहिने भागमा गोली लागेको छ।गाईभैंसी व्यापारी सैफुल्लाहलाई उनकै साथी अब्दुल खालिदले बोलाएर गोली हानेर भागेको प्रहरीले जनाएको छ।
किन गोली हानेको हो,बुझ्न नसकेको घाइते सैफुल्लाहले बताए।गौर अस्पतालमा गोली निकाल्न नसकेपछि उनलाई थप उपचारका लागि वीरग‌ंज पठाइएको छ। घटनाका आरोपीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*