कांग्रेसले सच्यायो प्रदेशतर्फको समानुपातिक सूची, क-कसको खोसियो पद? (सूचीसहित)

नेपाली कांग्रेसले प्रदेशसभातर्फ समानुपातिकबाट निर्वाचित हुने सांसदहरुको सूची सच्याएको छ। क्रम संख्या र क्लष्टर नमिलेको भन्दै सच्याउन निर्वाचन आयोगले पत्राचार गरेपछि कांग्रेसले ४ जनाको नाम हटाएर नयाँ नाम समावेश गरेको हो।
कांग्रेसले प्रदेश नम्बर १ मा दुईजना तथा प्रदेश नम्बर २ र ५ मा एक-एकजनाको नाम सच्याएर सूची आयोगमा बुझाएको छ। प्रदेश १ मा सीतादेवी पौडेलको नाम हटाएर सूचीको पहिलो नम्बरमा रहेकी शान्ता पौडेलको नाम समावेश गरिएको छ। यस्तै टेकचन्द्र विश्वासलाई हटाएर कल्पनाकुमारी सरदारको नाम राखिएको छ।
प्रदेश २ मा सल्मा खातुनको नाम हटाएर आदिवासी/जनजाति कोटाबाट शोभा लामा तथा प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी बर्मा सोनारलाई दलित कोटाबाट समावेश गरिएको छ।
हेर्नुहोस् कांग्रेसको संशोधित सूची :
प्रदेश नं. १
प्रतापप्रकाश हाङमाङ
विद्यानन्द चौधरी
चन्द्रप्रसाद श्रेष्ठ
लीला सुब्बा
ज्योति सुब्बा
शरदचन्द्र थापा
लोकप्रसाद संग्रौला
शान्ता पौडेल
विन्दिया कार्की
नवोदिताकुमारी चौधरी
कल्पना कुमारी सरदार
ओम सरावगी
अनिताकुमारी साबु
प्रदेश नं. २
शिवचन्द्र चौधरी
ओमप्रकाश शर्मा
सरस्वती चौधरी
गीताकुमारी यादव
मञ्जुकुमारी यादव
असियादेवी थरुनी
प्रमिलादेवी दास
श्यामपरी देवी
नरेशकुमार यादव
शेखर रसिद अली
शोभा लामा
प्रदेश नं. ३
मिलन श्रेष्ठ
राजेन्द्र गुरुङ
न्हुच्छेनारायण श्रेष्ठ
शान्तबहादुर प्रजा
राधा घले
जीवन डंगोल
विजया श्रेष्ठ
रजनी जोन्छे
राजाराम कार्की
बलराम पौडेल
भीमसेन खत्री
गीता वाग्ले
बिजुला बर्मा
कल्पना नेपाली
प्रदेश नं. ४
मेखलाल श्रेष्ठ
ललितकला गुरुङ
सरिता गुरुङ
मनकुमारी गुरुङ
मणिभद्र शर्मा कँडेल
ओमकला गौतम
कुमार खड्का
दोबाटे विश्वकर्मा
कोपिला बोहरा
प्रदेश नं. ५
बलदेव शर्मा पोखरेल
निर्मला क्षेत्री
रमा अर्याल
वीरबहादुर राना
भुवनेश्वर चौधरी
पुष्पा थरुनी
माला गोतामे
सुनार रुन्धावती दुबे
अर्जुनकुमार श्रेष्ठ
रिना विक
शान्तिदेवी बर्मा
याकुव अन्सारी
प्रदेश नं. ६
यज्ञबहादुर बिसी
हिमबहादुर शाही
अमृता शाही
दिनबन्धु श्रेष्ठ
झोवा विक
प्रदेश नं. ७
गोविन्द बोहरा
देवराज पाठक
दिव्यश्वरी शाह
अम्बिकुमारी थापा
उमा बादी
श्यामला राना
कुमारीनन्द बम
टेकबहादुर रैका