गोविन्द केसी १४ औँ पटक अनसनमा : प्रधानन्यायाधीशको राजीनामा माग

ए वान डेस्क
२४ पुष २०७४, सोमबार १७:११

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले १४ औँ पटक अनसन घोषणा गरेका छन्। उनले सोमबार दिउसो ४ बजेदेखि अनसन बस्ने घोषणा गरेका हुन्।

मेडिकल माफियाको स्वार्थ अनुकूल न्यायालय चलेको आरोप लगाउँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गरेका छन्।

सर्वोच्च अदालतले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का तत्कालीन डिन डा. शशी शर्माको पुनरबहाली गर्न परमादेश दिएपछि डा. केसीले प्रधान न्यायाधीशविरुद्ध लड्ने घोषणा गरेका हुन्। उनले पाँच बुँदे माग अघि सारेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*