मधेस केन्द्रित दलका प्रदेश सांसदले काठमाडौंमा शपथ नलिने

ए वान डेस्क
२५ पुष २०७४, मंगलवार ०८:४१

राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्यले काठमाडौंमा शपथ नलिने घोषणा गरेका छन्। शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रदेशको अस्थायी राजधानी नतोकी काठमाडौंमा नै प्रदेशसभा सदस्यलाई शपथ खुवाउने तयारी गरिरहेको छ।

‘प्रदेशसभाका विजयी सांंसदले आफ्नै प्रदेशमा शपथ खान्छन्, आफ्नो प्रदेशभन्दा बाहिर गएर सपथ खाँदैनन्’ राजपा नेपालका नेता जितेन्द्र सोनलले भने ‘ संघीयता असफल बनाउन चालिएको सरकारी कदम बहिस्कार गर्छौं, हामी काठमाडौंमा शपथ लिदैनौं।’ उनका अनुसार प्रदेश नम्बर २ भित्रै शपथ लिने कार्यक्रम बनाइएन भने मधेस केन्द्रित दलले शपथ कार्यक्रम बहिस्कार गर्नेछन्।

संघीयता कार्यान्वयन गर्ने मुख्य कडीका रुपमा लिइएको प्रदेशसभा गठनको सुरुको चरण नै कार्यान्वयन नगरेकोमा मधेस केन्द्रित दलका नेता सरकारसँग आक्रोशित भएका छन्। देउवा सरकारको तयारीप्रति विमति जनाउन संघीय फोरमका अध्यक्ष उपेन्द्र यादव र राजपा अध्यक्ष मण्डलका महन्थ ठाकुरलगायतका नेतालाई ती दलबाट प्रदेशसभामा विजयी उम्मेदवारले खबरदारी गरिरहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*