नेपाली काग्रेसले तोक्यो प्रदेश प्रतिनिधि, को–को परे ?

नेपाली कांग्रेसको शीर्ष नेताको बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ । बिहीबार बसेको बैठकले विधान मस्यौता समिति गठन, प्रदेशमा संसदीय दलको नेता चयन र कार्यसमिति गठनको लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि तोक्ने निर्णय गरेको छ ।
बैठकले मिनेन्द्र रिजालको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समितिको गठन भएको छ ।विधान मस्यौदा समितिमा कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेल र सचिव केशव रिजाल सदस्य रहेका छन् ।
प्रदेशको संसदीय दलको नेता चयन र कार्यसमिति गठनको लागि सातवटै प्रदेशमा १/१ गरी ७ केन्द्रीय प्रतिनिधि तय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रवक्ता शर्माका अनुसार प्रदेश १ का मिनेन्द्र रिजाल, प्रदेश २ मा विमलेन्द्र निधि, प्रदेश ३ मा डिना उपाध्यय , प्रदेश ४ मा गोविन्द भट्टराई प्रदेश ५ मा बालकृष्ण खाँड , प्रदेश ६ मा हृदयराम थानी र प्रदेश ७ मा एनपी साउदलाई केन्द्रीय प्रतिनिधि तोकिएको छ ।
प्रदेशमा प्रभावकारी भुमिका निभाउन सदस्यहरुका लागि अभिमुखीकरण कार्यक्रम तत्कालै सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको उनले बताए । बैठकमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको सहभागिता रहेको थियो ।