सलमान खानले भने ‘नेपाल आउदैछौ, स्वागत गर्ने होइन हाम्रो’ ?

ए वान डेस्क
२५ माघ २०७४, बिहीबार ०९:१४

बलिउडका दबंग सलमान खान ‘दबंग टुर’ अन्र्तगत नेपाल आउँदैछन । सोही कुरालाई उनले ट्वीटरमार्फ भनेका छन् । सलमानले बुधबार ट्वीटरबाट ‘नेपाल अब आपकी बारि स्वाग से स्वागत नहि करोगे हमारा’ अथार्त नेपाल अब तपाईँको पालो स्वागले स्वागत गर्ने होईन हाम्रो भनेका छन । सलमानले उनको फिल्म ‘दबंग’ को डायलग ‘स्वागत नहि करोगे हमारा’को शैलीमा ट्वीट गरेका हुन ।

Salman Khan
Nepal ab aap ki baari swag se swagat nahi karoge hamara #DabanggTheTourNepal #ODCEntertainment #Bollywood #Tundikhel #jaevents @thejaevents #sohailkhanentertainment @SohailKhan

ओडीसी इन्टरटेनमेन्ट, जेइ इभेन्ट तथा सलमानखान प्रोडक्सनको सहकार्यमा मार्च १० अर्थात फागुन २६ गते काठमाडौंको टुंडीखेलमा ‘दबंग टुर’ कार्यक्रम आयोजना हुन लागेको छ ।

जहाँ सलमान खानसँगै दबंगकी अभिनेत्री सोनाक्षि सिन्हा, कृति सेनन, डेजी शाह, कोरियोग्राफर प्रभू देवा, मनिस पोल, मिट ब्रोज काठमाडाै‌ंको टुँडीखेलमा दर्शकहरुलाई मनोरञ्जन गराउने छन ।

सलमान खानको भारतमा मात्रै होईन नेपालमा पनि त्यतिकै फ्यान फलोईङ रहेका छन । उनी नेपाल आउने कुराले सलमानका प्यान निकै उत्साहित भएका छन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*