कमल के क्षेत्रीको भ्यालेन्टाइन स्पेशल ‘माया गर्छु’ (भिडियोसहित)

ए वान डेस्क
२६ माघ २०७४, शुक्रबार १३:२५

गायक कमल के क्षेत्रीको स्वरमा एउटा प्रेमिल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेको पूर्व सन्ध्या पारेर गायक क्षेत्रीले सफ्ट पप शैलीको ‘माया गर्छु…’ शीर्षक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । उक्त गीतमा गायक क्षेत्रीकै शब्द तथा संगीत सुन्न सकिन्छ ।

शैलेन्द्र एम प्रधान उक्त गीतका संगीत संयोजक हुन् । नरेन लिम्बुद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा कुसुम गुरुङ तथा रवि आरएनको अभिनय छ । कुमुस पछिल्लो समय रंगमञ्चमा सक्रिय भएकी कलाकार हुन् ।

बिनय कंशाकार यो भिडियोका सम्पादक हुन् । भिडियोमा अंग्रेजी उपशीर्षक पनि समावेश गरिएको छ ।

यस्तो छ माया गर्छुको म्युजिक भिडियो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*