एमालेले बुझायो समानुपातिक सूची, को-को परे ?

ए वान डेस्क
२८ माघ २०७४, आईतवार १९:००

नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिकबाट सांसद बन्ने ४१ जनाको सूची निर्वाच आयोगमा बुझाएको छ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आइतवार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटीको बैठकबाट सांसद बन्नेहरुको अन्तिम सूची टुंग्याएर निर्वाचन आयोगमा बुझाएको हो ।

समानुपातिक निर्वाचन प्रणाली अनुसार चुनिने प्रतिनिधिसभा सदस्यको उम्मेदवारको नामको टुंगो गरेर एमालेले बुझाएको हो । एमालेले पाएको सिट संख्या अनुसार समावेशी समूह मिलाएर आयोगले तोकेको बन्दसूची अनुसार पेश गरिएको हो ।

राष्ट्रिय सभामा एमालेबाट ११ जना महिला विजयी भएपछि एमालेबाट प्रतिनिधि सभाको समानुपातिक सूचीमा २ जना पुरुष थपिएका छन् । थपिनेहरुमा आदिवासी जनजाति पुरुबाट विजय सुब्बा र मधेसी पुरुषको तर्फबाट मोतीलाल दुगड सांसद भएका छन् ।

दुई पुरुष थपिएपछि महिलातर्फ खर्स आर्य कोटाकी शर्मिला कार्की र आदिवासी जनजाति कोटाकी रणकुमारी बलमपाकी मगरको नाम अन्तिममा काटिएको छ। कार्की र मगरको सट्टामा आदिवासी जनजातिको एक नम्बर सूचीमा रहेका सुब्बा र मधेसी कोटाको एक नम्बरमा रहेका दुगडले सांसद बन्न पाएका हुन् । दुगड व्यवसायी पनि हुन्।

एमालेका समानुपातिक सांसद्‍

१. मुकुन्द न्यौपाने (खस आर्य/पुरुष)
२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)
३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)
४. मोतीलाल दुगड (मधेसी/पुरुष)
५. थममाया थापा (आदिवासी जनजाति/महिला)
६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति/महिला)
७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)
८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)
९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)
१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)
११. नवीना लामा (आदिवासी जनजाति/महिला)
१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)
१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)
१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)
१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)
१६. बिन्दा पाण्डे (खसआर्य/महिला)
१७. गोमा देवकोटा (खसआर्य/महिला)
१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)
१९. निरुदेवी पाल (खसआर्य/महिला)
२०. मनकुमारी जिसी (खसआर्य/महिला)
२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)
२२. विष्णु शर्मा (खसआर्य/महिला)
२३. सरिता न्यौपाने (खसआर्य/महिला)
२४. मैना कुमारी भण्डारी (खसआर्य/महिला)
२५. तीर्था गौतम (खसआर्य/महिला)
२६. शान्ता चौधरी (थारु÷महिला)
२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)
२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)
२९. निरादेवी जैरु (दलित/महिला)
३०. बिमला विश्वकर्मा (दलित/महिला)
३१. बिमला विक (दलित/महिला)
३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)
३३. सानु शिवा (दलित/महिला)
३४. आशाकुमारी विक (दलित/महिला)
३५. जुलीकुमारी महतो (मधेसी/महिला)
३६. डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)
३७. सरलाकुमारी यादव (मधेसी/महिला)
३८. रेखाकुमारी झा (मधेसी/महिला)
३९. सरिताकुमारी गिरी (मधेसी/महिला)
४०. कालिला खान (मुस्लिम/महिला)
४१. समिना हुसेन (मुस्लिम/महिला)
अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*