प्रदेश २ को दोस्रो बैठक आज, यस्तो छ कार्यसूची

ए वान डेस्क
२९ माघ २०७४, सोमबार १०:२२

प्रदेश नम्बर २ दोस्रो प्रदेशसभा बैठक सोमबार बस्दैछ । बैठक दिउँसो १ बजेका लागि तय गरिएको सघीय संसद सचिवालयका सहसचिव वंशिराज पौडेलले जानकारी दिए ।

दोस्रो बैठकको सभामुखको भूमिकामा ज्येष्ठ सदस्य लगनलाल चौधरी नै रहनेछन् । आजको बैठकले नियमावली मस्यौदा पारित गर्नुका साथै फागुन २ गते हुने सभामुख र उपसभामुख निर्वाचन सम्बन्धी कार्यक्रम तय गर्ने कार्यसूची छ ।

प्रदेश २ को मुख्यमन्त्री र उपसभामुख संघीय समाजवादी फोरमलाई तथा सभामुख राजपाले लिने आन्तरिक सहमति भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*