राजधानीको सट्टा बारा र पर्साले पायो मुख्यमन्त्री, सभामुख र संसदिय नेता

ए वान डेस्क /
प्रदेश नम्बर २ को राजधानी विरगञ्ज बनाउन माग गर्दे आएको बारा र पर्साले मुख्यमन्त्री, सभामुख र संसदिय दलको नेता पाएको छ । प्रदेशको राजधानी विरगञ्ज बनाउन माग गर्दे संघर्ष समितिले झन्डै २ महिनादेखि रिले अनसन जारी राखेको छ ।
हिजो बसेको राष्ट्रिय जनता पार्टीको बैठकले सभामुखमा सरोजकुमार यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यादव बारा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । प्रदेश नम्बर २ मा फागुन २ गते सभामुख चयनका लागी निर्वाचन हुदैछ ।
यस्तै राष्ट्रिय जनता पार्टीले जितेन्द्र सोनललाई प्रदेश नम्बर २ को संसदीय दलको नेता बनाउने निर्णय गरेको छ । सोमबार बसेको राजपाको बैठकले बारा क्षेत्र नम्बर ४ को ख बाट निर्वाचित प्रदेशसभा सदस्य सोनललाई प्रदेश नम्बर २ को संसदिय दलको नेता बनाउने निर्णय गरेको हो ।
यस्तै फोरमले पर्साका लालबाबु राउतलाई यसअघि नै मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । राउत पर्सा क्षेत्र नम्बर १ को ख बाट निर्वाचित प्रदेशसभा सासंद हुन् ।
राजधानीको सट्टा बारा र पर्साले मुख्यमन्त्री, सभामुख र संसदिय दलको नेता पाएपनि सरोकारवाला भने त्यति खुशि देखिएका छैनन् ।राजधानीको नाममा मुख्यमन्त्री र सभामुख जस्ता पद दिएर सघर्ष समितिलाई अल्झाउने काम गरेको उनीहरुको भनाई छ ।
सरकारले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुर बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।