बारामा माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस, कसले के भने ?

ए वान डेस्क
१ फाल्गुन २०७४, मंगलवार १७:२३

ए वान डेस्क /

बिभिन्न कार्यक्रमको आयोजना गरी नेकपा माओवादी केन्द्रले आज बारामा जनयुद्ध दिवस मनाएको छ । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै माओवादी केन्द्रले बारामा आज जनयुद्ध दिवस मनाएको हो ।

२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो । यो विद्रोह १० वर्षपछि विस्तृत शान्ति सम्झौतामार्फत शान्तिपूर्ण रुपान्तरण भएको थियो ।

२०६३ साल मंसिरमा शान्ति सम्झौतामा हस्ताक्षर भएर शान्ति प्रक्रियामा आएपछि माओवादी पटक–पटक फुटेको छ भने झण्डै एक दर्जन दलसँग एकीकरण पनि गरेको छ ।

दिवसको अवसरमा माओवादी केन्द्रले जिल्लाका बिभिन्न स्थानमा आज बिशेष कार्यक्रम गरेको छ ।

जनयुद्ध कै कारण परिवर्तन सम्भव

दिवसको अवसरमा बाराको जीतपुरमा आयोजित कार्यक्रममा बोल्ने अधिकासं वक्ताले जनयुद्ध कै कारण देशमा परिवर्तन आएको बताए । कार्यक्रममा बोल्दै माओवादी केन्द्रकी पोलिटब्युरो सदस्य ज्वाला शाहले जनयुद्धले नै देशको मुहार फेरेको बताउनुभयो ।

उहाले माओवादीकै कारण देशको विकास भएको भन्दै एकतापछि बाम गठबन्धन छुट्टै शक्तिको रुपमा स्थापित हुने बताउनुभयो । प्रदेशसभा सदस्यसमेत रहेकी शाहले २ नम्बर प्रदेशको राजधानी जनकपुर कुनैपनि हालतले उपयुक्त नहुने बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्का पोलिटब्युरो सदस्य हरि चौलगाईले माओवादी बिना देशको विकास हुन नसक्ने बताउनुभयो । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेलले जनयुद्धको महत्व सबैले बुझ्नुपर्ने बताउनुभयो ।

जनयुद्धकै कारण देशमा संघियताको अवधारण शिर्जना भएको भन्दै उहाले माओवादीकै कारण देशमा परिवर्तन आएको बताउनुभयो । माओवादी नेता रामशरण बर्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अशोक लामाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो ।

खाजा तथा चामल वितरण

दिवसको अवसरमा माओवादी केन्द्र जीतपुरसिमराले नेपाल अपाङ्ग सेवा संघ बारा र पथलैयाको बृद्धाश्रमलाई खाजा तथा खाद्यान्न वितरण गरेको छ । एक कार्यक्रमकाबिच माओवादी केन्द्र जीतपुरसिमराले आज खाजा तथा खाद्यान्न वितरण गरेको हो ।

खाद्यान्न वितरण कार्यक्रममा माओवादी केन्द्रका नेताहरुको उपस्थिति रहेको थियो ।

जनयुद्ध कै कारण गणतन्त्र

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य क्षेत्रबहादुर श्रेष्ठ अनिलले जनयुद्धकै कारण देशमा गणतन्त्र आएको बताउनुभयो । बाराको पर्सौनीमा आयोजित कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताउनुभयो । उहाले माओवादी केन्द्रको परिकल्पना अनुसार नै देशमा ३ चरणको चुनाव सम्भव भएको दाबी गर्नुभयो ।

कार्यक्रममा नेताहरु उमेश कुशुवाहा, मुकेश शाह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम लवकुश बैठाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*