जनयुद्ध दिवस : काठमाण्डौमा ‘केक’, बारामा ‘ब्रेड’

ए वान डेस्क /
माओवादीका विभिन्न घटकले आज देशैभर जनयुद्ध दिवस मनाएका छन् । सशस्त्र बिद्रोह सुरु गरेको दिनलाई सम्झँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बेग्लाबेग्लै कार्यक्रम गरेर जनयुद्ध दिवस मनाएका हुन् ।
काठमाण्डौमा नेकपा माओवादी केन्द्रले ‘केक’ नै काटेर भब्य रुपमा जनयुद्ध दिवस मनायो । अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको बिशेष उपस्थितिमा काठमाण्डौ केक काटिरहदा बारामा भने नेताहरु ब्र्रेडमा रमाउदै थिए । बारामा छोटो–मिठो कार्यक्रम गरेर नेताहरुले जनयुद्ध दिवस त मनाए तर काठमाण्डौका नेताले झै ‘केक’ काट्न भने पाएनन् ।
काठमाण्डौ र बारामा किन यस्तो भन्नता भन्ने प्रश्नमा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजन पौडेलले भने ‘स्वभाविक रुपम यस्तै हो, यो चाही आ–आफ्नो श्रृजनसिल्तामा भर पर्ने कुरा हो’ । ‘कोहीले खुशि साटासाट गरे मनाए, हामीले यसरी नै मनायौ, यसमा खासै भिन्नता छैन्’ पौडेलले भने ।
तर नाम नखुलाउने शर्तमा स्थानीय एक नेताले भने ‘काठमाण्डौका नेताको जस्तो हैसिएत हाम्रो छैन्, हामी पानि र पाउरोटिमै रमाउने नेता पर्यो’ । बारामा बिभिन्न स्थानमा आज पोलिटब्युरो सदस्यको बिशेष उपस्थितिमा बिशेष कार्यक्रम गरियो ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते रोल्पा, रुकुम र सिन्धुलीका प्रहरीचौकीमा आक्रमण गरेर जनयुद्ध सुरु भएको घोषणा गरेको थियो ।