मकवानपुरद्धारा बारा ५–० गोल अन्तरले पराजित

ए वान डेस्क
४ फाल्गुन २०७४, शुक्रबार १३:१५

ए वान डेस्क /

बाराको सिमरामा आज मकवानपुर र बाराका पत्रकारहरुबिच मैत्रिपुर्ण फुटबल खेल सम्पन्न भएको छ । सिमरा रंगशालामा भएको ६० मिनेटको खेलमा मकवानपुरले बारालाई ५–० गोल अन्तरले पराजित गरेको छ । मकवानपुरका लागी पत्रकार बुद्ध श्रेष्ठले ४ र सुवास बिडारीले १ गोल गरेका थिए ।

बारा पत्रकार दिवाकर भण्डारी र मकवानपुर पत्रकार प्रताप बिष्टकोे कप्तानीमा मैदान उत्रिएको थियो । बारा र मकवानपुरको खेल रोमाञ्चक बनेको थियो । प्रतियोगिताको बिजेता मकवानपुरलाई आयोजकको तर्फबाट पत्रकार महासंघ बाराका अध्यक्ष कमलकुमार उपाध्यायले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*