अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो

ए वान डेस्क
८ फाल्गुन २०७४, मंगलवार ०९:४९

अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढेको छ ।

पाइप र प्राविधिक उपकरण भित्रिन थालेपछि पाइपलाइन निर्माणको काम अघि बढेको हो । नेपाल आयल निगमले बाराको पथलैयादेखि पाइप पिछ्याउने काम तत्काल शुरु हुने जनाएको छ ।

यो पाइपलाइन भारतीय सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्म ३६.२०६ किलोमिटर लामो हुनेछ । वीरगन्जको शंकराचार्य गेटबाट वीरगन्जकै गण्डक नहरसम्म बाईपास सडकको दायाँ भागबाट र त्यसपछि त्रिभुवन राजपथको गण्डक–अमलेखगन्ज खण्डमा सडकको बायाँ भागबाट पाइपलाइन निर्माण गर्न लागिएको हो ।

सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुआब्जा लगायतका अन्य अवरोध नहुने निगमले जनाएको छ । साढे तीन सय करोड भारतीय रुपैयाँमा निर्माण हुन लागेको पाइपलाइनमा भारतीय पक्षले २ सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।

अब केही दिनभित्र मेसिनरी सामग्री आउनेबित्तिकै पाइप बिछ्याउने काम शुरु हुने नेपाल आयल निगम रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाईन प्रोजेक्ट सिमरा बाराका मेकानिकल ईन्जिनियर शरद पौडेलले जानकारी दिए ।

भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजार क्षेत्रको ११ कि.मी. उत्तरतर्फ सेमरा भन्ने स्थानमा प्वाइन्ट निर्माण गरी नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।
ईमेज खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*