रेशम चौधरीले गरे आत्मसमर्पण

ए वान डेस्क
१४ फाल्गुन २०७४, सोमबार १४:०२

राष्ट्रिय जनता पार्टीका तर्फबाट निर्वाचित सांसद रेशम चौधरीले अदालतमा आत्मसमर्पण गरेका छन् ।

सांसदमा निर्वाचित भएपनि कैलालीको टीकापुर घटनामा दोषी ठहर भएपछि अदालतले पक्राउ गर्न आदेश दिएका चौधरीले जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।

अदालत परिसरको सुरक्षा ब्यवस्था कडा बनाइएको छ । चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । तर, चुनाव जितेको प्रमाणपत्र पाएका छैनन् ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा एक बालक र एसएसपीसहित ७ सुरक्षाकर्मीको हत्या भएको घटनाको मुख्य योजनाकार चौधरी भएको दाबी गर्दै मुद्दा परेपछि उनी फरार थिए ।

घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका थारु नेता लक्ष्मण चौधरी अहिले पनि जेलमै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*