प्रदेश २ को गृहमन्त्री बने ज्ञानेन्द्र, फोरमले छान्यो दुई मन्त्री र तीन राज्यमन्त्री

ए वान डेस्क
१६ फाल्गुन २०७४, बुधबार १०:४४

प्रदेश २ को सरकार विस्तार हुने भएको छ । फोरमबाट दुई मन्त्री र तीन राज्यमन्त्री थपिने भएका छन् । तर, राजपाले अझै नाम दिएको छैन ।

फोरमले गृह ९आन्तरिक मामिला तथा कानुन०मन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ । गृहमन्त्री बन्न लागेका यादव धनुषा ४ ‘क’बाट निर्वाचित सांसद हुन् ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा शैलेन्द्र साहलाई पठाइएको छ । शैलेन्द्र सप्तरी २ ‘क’बाट निर्वाचित साह मुख्यमन्त्रीको दावेदार थिए तर मन्त्रीमा चित्त बुझाए ।

फोरमले तीन राज्यमन्त्रीमा उशा यादव, सरोज सिंह र योगेन्द्र रायको नाम पठाएको छ । उशा अर्थ, सरोज गृह र यागेन्द्र भूमिव्यवस्था राज्यमन्त्री हुनेछन् ।

फोरमबाटै मुख्यमन्त्री लालबाबु राउत र अर्थमन्त्री विजय यादव भइसकेका छन् ।

सत्ता साझेदार दल राजपाबाट जितेन्द्र सोनल भौतिक पूर्वाधार विकासमन्त्री बनेका छन् । तर, समाजिक विकास र उद्योगमन्त्री तथा राज्यमन्त्री पठाएको छ ।

नवनियुक्त मन्त्रीहरुको सपथ बुधबार विहान १० बजे राखिएको थियो । तर, राजपाले नाम नदिएका कारण १ बजेलाई सारिएको छ ।
अनलाईन खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*