वाम गठबन्धन र फोरमको बैठक अनिश्चित

ए वान डेस्क
१९ फाल्गुन २०७४, शनिबार १०:०५

वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच आज हुने भनिएको बार्ता अनिश्चित बनेको छ ।

फोरमका नेताहरु होली मनाउन काठमाडौं बाहिर रहेका कारण बार्ता अनिश्चित भएको हो । फोरमलाई पनि सरकारमा सहभागी गराउन एमाले र माओवादीले तिब्र पहल गरे पनि मन्त्रालय बाँडफाडलगायत विषयमा मिलेको छैन् ।

फोरमले ३ वटा मन्त्रालय पाउनपर्ने माग गरेको छ भने प्रधानमन्त्री ओलीले २ वटा मन्त्रालय मात्र दिन सकिने बताउँदै आउनुभएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*