बाराबाट कसले कुन भाषामा शपथ लिदैछन् ? (नामावलीसहित)

ए वान डेस्क /
राष्ट्रियसभा र प्रतिनिधिसभा गरी बाराबाट भोलि (आइतबार) ५ जनाले शपथ लिदैछन् । निर्वाचन आयोगबाट प्राप्त जानकारी अनुसार बाराबाट ३ जनाले भोजपुरी, १ जनाले हिन्दि र १ जनाले नेपालीमा सपथ लिन लागेका हुन् ।
जिल्लाबाट नेपाली काग्रेस, संघिय समाजवादी फोरम र राजपाबाट गरी ५ जना सासंद भएका छन् । प्रतिनिधिसभा अन्र्तगत काग्रेसबाट बारा क्षेत्र नम्बर १, फोरमबाट क्षेत्र नम्बर २ र ३, राजपाबाट क्षेत्र नम्बर ४ र राष्ट्रियसभामा राजपाबाट एक जना सासंद भएका हुन् ।
क्षेत्र नम्बर १ मा काग्रेसका उमाकान्त चौधरी, २ मा फोरमका रामसहाय यादव, ३ मा फोरमकै रामबाबु प्रसाद यादव र ४ मा राजपाका एकवाल मिया विजयी हुनुभएको थियो । राष्ट्रियसभामा भने राजपाको तर्फबाट रमेश यादव निर्विरोध निर्वाचित हुनुभयो । उहा बाराका स्थायी बासन्दा हुनुहुन्छ ।
बारामा बाम गठबन्धनले कुनैपनि क्षेत्रमा विजयी हासिल गर्न सकेन् ।
कसले कुन भाषामा सपथ लिदैछन् ?
बाराबाट ३ जनाले भोजपुरी, १ जनाले हिन्दि र १ जनाले नेपालीमा सपथ लिन लागेका छन् । जस अनुसार बारा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रामसहाय यादव, ३ का रामबाबु कुमार यादव र ४ का एकवाल मियाले भोजपुरीमा सपथ खाने भएका छन् । क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उमाकान्त चौधरीले भने नेपालीमा सपथ खाने बुझिएको छ ।
यस्तै राजपाको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएका रमेश यादवले भने हिन्दि भाषामा सपथ खाने भएका छन् ।