प्रधानमन्त्री ओलीले लिनेछन् फागुन २७ मा विश्वासको मत

ए वान डेस्क
२० फाल्गुन २०७४, आईतवार ०८:११

प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २७ मा संसदबाट विश्वासको मत लिने भएका छन्। शनिबार एमाले–माओवादीका सांसदलाई संयुक्त रूपमा सम्बोधन गर्ने क्रममा ओलीले २७ गते संसदबाट विश्वासको मत लिने बताएका हुन्।

प्रधानमन्त्री नियुक्त भएको मितिले एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। एमाले र माओवादीको समर्थनमा राष्ट्रपति भण्डारीले फागुन ३ गते ओलीलाई प्रधानमन्त्री नियुक्त गरेकी थिइन्। फोरमलाई पनि सरकारमा ल्याएर दुई तिहाइ पुर्‍याउने प्रयासमा रहेका ओलीले आफ्नो तयारीबारे यस्तो बताएका हुन्।
जनता पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*