फोरम सरकारमा सहभागी हुने

ए वान डेस्क
२२ फाल्गुन २०७४, मंगलवार १५:५८

संघीय समाजवादी फोरम नेपालले सरकारमा सहभागी हुने निर्णय गरेको छ। फोरमले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनेबारे पदाधिकारीको बैठकबाट निर्णय गरेको हो।

सरकारसँग आफ्ना मागलाई अघि सार्ने र माग पूरा भएमा आफूहरु सरकारमा जाने फोरमले निर्णय गरेको फोरम अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए। ‘ पहिला अध्यक्षले मात्र सरकारसँग छलफल गर्दै आउनुभएको थियो।’ उनले भने, ‘अब सरकारमा जाने औपचारिक निर्णय भयो।’

सरकारसँग संविधान संशोधनबारे छलफल भइरहेको र निरन्तर हुने उनले बताए। उनले भने, ‘सरकारसमक्ष हामीले संविधान संशोधनको माग गरेका छौँ। अध्यक्ष पनि निरन्तर छलफलम हुनुहुन्छ। माग पूरा भए सरकारमा सहभागी हुन्छौँ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*