विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित

ए वान डेस्क
२९ फाल्गुन २०७४, मंगलवार १९:२७

विद्यादेवी भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित हुनुभएको छ । आज भएको मतदानमा २९ हजार २ सय ७५ मतभार सहित भण्डारी विजयी हुनुभएको हो ।

उहाँकी प्रतिद्वन्दी कुमारी लक्ष्मी राईले ११ हजार ७ सय ३० मत पाउनुभएको छ । चुनावमा संघीय संसद्का ३ सय ३१ र प्रदेशसभाका ५ सय ४९ सदस्य गरी ८ सय ८० जना मतदाता रहेकोमा १८ जना अनुपस्थित थिए ।
जम्मा ५२ हजार ५ सय मतभार कायम रहेको चुनावमा २६ हजार २ सय ५१ मतभार प्राप्त गर्ने उम्मेदवार विजयी हुनेमा भण्डारीले २९ हजार २ सय ७५ मतभार प्राप्त गर्नुभएको हो । यसको आधिकारिक घोषणा भने हुन बाँकी छ ।

संघीय संसदका सदस्यको मतभार ७९ र प्रदेशसभाका सदस्यको मतभार ४८ कायम गरिएको थियो ।

भण्डारीलाई एमाले, माओवादी केन्द्र र मधेश केन्द्रीत दलको समर्थन रहेको थियो । नयाँ शक्ति नेपाल र विवेकशील साझा पार्टी भने चुनावमा सहभागी भएनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*