पराजुलीले दिए राजीनामा

ए वान डेस्क
१ चैत्र २०७४, बिहीबार १६:४४

बर्खास्तमा परेका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदबाट राजीनामा दिनुभएको छ ।

पराजुलीले बिहीबार राष्ट्रपति कार्यालय शितल निवास पुगेर राजीनामा दिनुभएको हो । उमेरहदको विवादमा परेका पराजुलीलाई बुधबार न्याय परिषदले बर्खास्त गरेको थियो ।

न्याय परिषदसँग आफूलाई बर्खास्त गर्ने अधिकार नभएको भन्दै पद नछोड्ने अडान लिएका पराजुलीले बिहीबार बिहान राष्ट्रपति समक्ष राजीनामा बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*