थपिए ११ मन्त्री र ४ राज्य मन्त्री (नामावलीसहित)

ए वान डेस्क
२ चैत्र २०७४, शुक्रबार १९:५५

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्राे पटक मन्त्री परिषद विस्तार गर्नुभएको छ ।

उहाँले माओवादी र नेकपा एमालेका तर्फबाट ११ मन्त्री र ४ राज्य मन्त्री थप्नु भएको छ । नव नियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्या भण्डारीसँग पद तथा गोपनियताको सपथ लिनु भएको छ ।

एमालेबाट मन्त्रीहुनेहरु
प्रदिप ज्ञवाली – परराष्ट्रमन्त्री
रविन्द्र अधिकारी – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
गोकर्ण विष्ट – श्रम तथा रोजगार
रघुवीर महासेठ – भौतिक पुर्वाधार तथा यातायात
जगत विश्वकर्मा – युवा तथा खेलकुद
शेरबहादुर तामाङ – कानुन, न्याय तथा संसदीय व्यवस्था

एमालेबाट राज्य मन्त्री हुनेहरु
गोकुल बास्कोटा –सन्चार तथा तथा सूचना प्रविधि
पद्मा अर्याल – स्वास्थ्य तथा जनसंख्या
धनबहादुर बुढा – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन

माओवादीबाट मन्त्रीहुनेहरु
वर्षमान पुन – उर्जा, जलश्रोत तथा सिंचाई
शक्तिवहादुर बस्नेत – बन तथा वातावरण
गिरिराजमणि पोखरेल – शिक्षा र विज्ञान तथा प्रविधि
चक्रपाणी खनाल – कृषि तथा सहकारी
बिना मगर – खानेपानी

माओवादीबाट राज्य मन्त्री हुने
रामकुमारी चाैधरी – कृषि तथा सहकारी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*