अबको १० वर्षमा नेपाल समृद्ध मुलुक बन्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले अबको ५ देखि १० वर्ष भित्र नेपाल विश्वमा समृद्ध मुलुक बन्ने दाबी गर्नुभएको छ ।
हुलाकी राजमार्ग स्तोरोन्नती कार्यको मंगलबार सिरहाको बडियारपट्टी गाउँपालिकामा शिल्यान्यास गर्दै उहाँले राजनीतिक आन्दोलन सम्पन्न भइसकेकाले अबको मुख्य काम नै विकास र समृद्धिको भएको बताउनुभयो ।
२०६२/६३ को जनआन्दोलन हुँदै संविधानसभाबाट संविधान जारी भइसकेपछि राजनीतिक आन्दोलन सकिएको बताउनुभयो ।
मधेसको विकास विना नेपालको विकास सम्भव नरहेको भन्दै प्रचण्डले मधेसको विकासको प्याकेजमै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाउनुभयो ।