पर्यटन मन्‍त्रीले ल्याए १०० दिनका ११० प्रतिवद्धता

ए वान डेस्क
१६ चैत्र २०७४, शुक्रबार १३:४०

संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री रविन्द्र अधिकारीले पर्यटन विकाससँगै आर्थिक विकासका लागि १ सय दिनमा १ सय १० काम गर्ने प्रतिवद्धता घोषणा गरेको छन् । अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधारदेखि प्रदेश प्रदेशमा १/१ पर्यटकीय गन्तव्यको पहिचान गर्ने महत्वकांक्षी योजना सार्वजनिक गरेका छन् ।

अधिकारीले विमानस्थलमा बढ्दो हवाई चाप र एयर ट्राफिक जाम न्यूनिकरणका लागि २१ घन्टा विमानस्थल सञ्चालन गर्नेदेखि उडान तालिका (स्लट) वितरणका वैज्ञानिक मापदण्ड लागू गर्ने घोषणा गरेका छन् । शुक्रबार पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले १८ क्षेत्रमा १ सय १० काम गर्ने एक सय दिनको कार्ययोजना घोषणा गरेका हुन् ।

अधिकारीकोले सय दिनमै पर्यटकीय तथ्यांक सेयरिङ सञ्जाल, स्थल मार्गबाट आउने पर्यटकको एकिन, टुरिजम स्याटलाइट एकाउन्ट प्रणालीको विकास गर्ने प्रतिवद्धता सार्वजनिक गरेका छन् ।होटेल, रिर्सोट, रेष्टुरेन्ट, होमस्टे तथा आवासीय प्रबन्धमा अनलाइन बुकिङ प्रणाली विकास गर्दै नयाँ मापदन्ड ल्याउने अधिकारीको भनाइ छ ।

सातै प्रदेशमा १–१ वटा नमूना पर्यटकीय गन्तव्य विकासका लागि डीपीआर तयार गर्ने अधिकारीको योजना छ । जसमा प्रदेश १ मा इलामको सन्दकपुर, प्रदेश २ मा धनुषाधाम, प्रदेश ३ मा मकवानपुर इन्द्रसरोवर, प्रदेश ४ को पंचासे, प्रदेश ५ को देवदह, कर्णाली प्रदेशको रारा र प्रदेश ७ को कैलाली भादागाउँ रहेको छ ।सैलुङ भ्यूटावर निर्माण, गुरिल्ला ट्रेल र यार्सा ट्रेल १०/१० किलोमिटर पदयात्रामार्गको निर्माण सम्पन्न गर्ने र ग्रेट हिमालय ट्रेल निर्माण समेत अधिकारीको योजनाका उल्लेख छ ।

सातै प्रदेशको पर्यटन झल्कने भिडियो बनाउने, अपाङ पदमार्ग निर्माण, पर्यटन बोर्डको वेवसाइट चिनियाँ भाषामा समेत चलाउने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालको कला, संस्कृति र पर्यटकीय गन्तव्य झल्कने पाँचवटा ठूलो विद्युतीय डिस्प्ले राख्ने, अन्तर्राष्ट्रिय सञ्चार माध्यममार्फत पर्यटनको प्रवद्र्धन गर्ने अधिकारीको योजनामा उल्लेख छ ।

निजगढ विमानस्थलको वातावरणिय प्रभाव मूल्यांकन प्रतिवेदन पारित देखि कोरियन एलएमबब्लुले तयार गरेको निजगढ विमानस्थल निर्माणको विस्तृत अध्ययन प्रतिवेदन खरिदमा रहेको विवाद मिलाउने अधिकारीको प्रतिवद्धता छ ।

यसैगरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ४० प्रतिशत सक्ने र पोखरा क्षेत्रीय विमानस्थलको डिजाइन रिभ्यु र सुपरभिजन परामर्शदाता नियुक्ति गर्ने घोषणमा उल्लेख छ । काभ्रेको ठूली चौरमा आन्तरिक उडानका लागि विमानस्थल निर्माणको सम्भावत अध्ययन गर्नेदेखि तत्कालको अवस्थामा त्रिभुवन विमानस्थलको क्षमता विस्तार गर्ने अधिकारीको प्रतिवद्धता छ ।

अन्तर्राष्ट्रिय हवाई यात्रुको लगत पूर्ण सुरक्षितरुपमा एक घन्टामै उपलब्ध गराउनेदेखि विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवन, सेन्टल एसी र आन्तरिक टर्मिनल भवनमा एसीको व्यवस्था गर्ने घोषणा पत्रमा उल्लेख छ ।

ड्रोन प्रयोगमा सहजता गराउने, नेपाल वायु सेवा निगमले ल्याउन लागेको वाइडबडी जहाजका लागि योजना बनाउने, नेपाल वायु सेवा निगमसँग रहेको जहाजबाट जतिसक्दो बढी उडान गराउने अधिकारीको प्रतिवद्धता छ ।

यसैगरी आन्तरिक उडानको विस्तारका ६ वटा ट्वीनटर विमान खरिद प्रक्रिया सुरु गर्दै सैदान्तिक सहमतिको निर्णण गर्ने र वाइडबडीलाई सुहाउँदो ह्याङ निर्माणको तयारी पुरा गर्ने लगायतका ११० प्रतिवद्धता अधिकारीले गरेका छन् । अधिकारीले प्रतिवद्धताअनुरुप काम गर्न नसक्ने सम्बन्धित विभागका कर्मचारीलाई कुनै छुट नहुने बताएका छन् ।

पुशपतिनाथ मन्दिरको ऐतिहासिक, पुरातात्विक र पौराणिक झल्कको दिने वृतचित्र निर्माणदेखि लुम्बिनी दिवस तथा अन्तर्राष्ट्रिय बौद्ध गोष्ठी गर्ने अधिकारीको प्रतिवद्धता छ ।१९५८ देखि १९६८ सालसम्मका गोरखापत्रको डिजिटाइजेसन गर्नेदेखि पर्यटकीय गन्तव्यको प्रचारमा आधुनिक प्रविधिको प्रयोग गर्ने अधिकारीको घोषणा छ ।

५९ वटा आदिवासी जनजातिको वार्षिक चाडपर्वहरुको क्यालेन्डर बनाउने, राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, पुष्पलाल पुरस्कार महाकवी देवकोटा पुरस्कार, भगत सर्वजित राष्ट्रिय मानव मर्यादा पुरस्कार वितरण गर्नेसमेत अधिकारीको प्रतिवद्धता छ ।

यसैगरी पाल्पाको रानी महल र भैरवस्थान सत्तल, पंचलीस्थिती इन्द्र भक्तेश्वर सत्तल, सुनसरीको रामधुनी पोखरी, ललितपुरको रुद्रायणी पाटी लगायतको संरक्षण सम्पन्न गर्ने अधिकारीको घोषणा पत्रमा उल्लेख छ ।

अधिकारीकोले सय दिनमै पर्यटकीय तथ्यांक सेयरिङ सञ्जाल, स्थल मार्गबाट आउने पर्यटकको एकिन, टुरिजम स्याटलाइट एकाउन्ट प्रणालीको विकास गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छन् । नेपाल एभिएस सेफ्टी प्लान तर्जुमा गर्ने र २०१० देखि २०१७ सम्म भएको जहाज दुर्घटना जाँच प्रतिवेदनको प्रभावकारी कार्यान्वयन गराउने अधिकारीको प्रतिवद्धता छ ।
अन्नपुर्ण पोष्टबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*