संसदमा आज प्रधानमन्त्री ओलीको सम्बोधन, पहिलो अधिवेशन अन्त्य हुँदै

ए वान डेस्क
२० चैत्र २०७४, मंगलवार १०:१७

प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा मंगलबार सम्बोधन गर्दैछन्। मंगलबार बिहान ११ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

ओलीले आगामी चैत २३ गतेदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन लागेको समेत उनले बताए। संसद् अधिवेशन जारी रहेका बेला राज्यको प्रतिनिधित्व गरेर हुने भ्रमणको जानकारी सदनलाई दिने प्रचलन छ। प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

सरकारले संसदमा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुनेछ।
थाहा खबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*